११ कार्तिक २०८३, बुधबार

‘प्रचण्ड’ले ओली चढेकै गाडी खोजेपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

land-cruiserकाठमाडौं, ११ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको ‘फुल बुलेट प्रुफ’ गाडी हडपेर चढदै आएका छन् ।

दाहालले साउन १९ मा प्रधानमन्त्री हुनासाथ प्रधान कार्यालयबाट अर्यालले चढ्दै आएको ‘ल्यान्ड क्रुजर अमाजन’ जिप झिकाएर चढ्न थालेका हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

यो अमेरिकी दूतावासले प्रहरी महानिरीक्षकको सुरक्षाका लागि निःशुल्क उपहारमा दिएको गाडी हो । त्यतिबेला महानिरीक्षक श्यामभक्त थापा थिए ।

प्रधानमन्त्री दाहालले आफ्नो ‘ल्यान्ड क्रुजर अमाजन’ लगेर चढेपछि महानिरीक्षक अर्यालले बुलेट प्रुफरहित सामान्य ल्यान्ड क्रुजर गाडी चढ्न थालेका छन् ।

महानिरीक्षकको यो गाडी हडप्ने दाहाल पहिलो प्रधानमन्त्री भने होइनन् ।

उनका पूर्ववर्ती केपी ओलीले समेत उक्त गाडी हडपेर कार्यकालभरि चढेका थिए ।

ओलीले आफू प्रधानमन्त्री हुनासाथ महानिरीक्षक अर्यालको फुल बुलेट प्रुफ गाडी हडपेर चढेका थिए ।

ओलीले सुरुमा अर्यालसित एक साताका लागि भनेर उक्त गाडी मागेको, तर आफ्नो कार्यकालभर फिर्ता नगरेको जानकारी स्रोतले दियो ।

ओलीले राजीनामा दिनासाथ उक्त गाडी प्रहरी प्रधान कार्यालयमै फिर्ता भई पुनः अर्यालले चढ्न थालेका थिए ।

दाहालले पदबहाली हुनासाथ उक्त गाडी मगाएर पुनः चढ्न थालेका हुन् ।

‘ओलीले कुन गाडी चढेका थिए, त्यो कहाँ छ भनेर प्रधानमन्त्रीज्यूले सोध्नुभयो, हामीले महानिरीक्षक अर्यालको गाडी चढ्नु हुन्थ्यो, ओलीले राजीनामा दिनासाथ प्रहरी प्रधान कार्यालयमा फिर्ता गएको छ भनेर जानकारी दियौं’, मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने, ‘प्रधानमन्त्रीज्यूले त्यही गाडी मगाउनोस् भन्नुभयो, हामीले मगाइदियौं, अहिले त्यही गाडी चढिरहनुभएको छ ।’