११ कार्तिक २०८३, बुधबार

एमाले बैठकमा ओली–भुसालवीच भनाभन, जथाभावी अतिथि बन्न रोक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-meetingकाठमाडौं, ९ असोज । घनश्याम भुसालको प्रतिवाद अध्यक्ष केपी ओलीले केन्द्रीय कमिटीमा जवाफ दिने क्रममा उपमहासचिव घनश्याम भुसालको प्रतिवेदन फरक दस्तावेज नभएको बताएपछि भुसालले प्रतिवाद गरेका छन् ।

ओलीले लिखत भनेलगत्तै भुसालले आफूले प्रतिवेदन नै ल्याएको र सहमतिअनुसार स्थायी समितिमा छलफल हुनुपर्ने भन्दै प्रतिवाद गरेका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

स्रोतका अनुसार ओली र भुसाल सवाल जवाफ भएपछि बैठकमा होहल्ला भएको थियो । ओलीनिकट केन्द्रीय सदस्यले भने पूरक प्रतिवदेन भए किन पत्रिकामा आयो भन्दै प्रतिवाद गरेका थिए ।

सक्रियताका आधारमा जिम्मेवारी पार्टीका सिद्धान्त, नीति, कार्यक्रम र निर्णयलाई तदारुकताका साथ कार्यान्वयन गर्ने र सार्वजनिक प्रतिरक्षा गर्ने, विनापूर्वाग्रह सबैलाई योग्यता, क्षमता तथा सक्रियताका आधारमा जिम्मेवारी दिने निर्णय पनि एमाले बैठकको छ ।

पार्टीको संगठनात्मक जीवन र राष्ट्रिय जीवनका महत्वपूर्ण विषयमा सामूहिक छलफलको प्रणालीबाट निष्कर्षमा पुग्ने, पार्टी र नेतृत्वविरुद्ध हुने कुनै पनि कुप्रचार र प्रहारलाई सबै नेता, कार्यकर्ता र सदस्यले तथ्यपरक किसिमले सशक्त प्रतिवाद गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

बैठकले पार्टी केन्द्रीय सचिवालयले नतोकेको व्यक्तिलाई पार्टीका अधिवेशन, जनसंगठनका सम्मेलन र विभिन्न कार्यक्रममा अतिथि र सहभागितामा रोकसमेत लगाएको छ । मागका आधारमा तोकिएका व्यक्ति मात्रै सहभागी हुने व्यवस्था गरिएको छ ।