११ कार्तिक २०८३, बुधबार

संविधान संशोधनमा तयार हुन सकिन्न : एमाले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

oli-kp-660x330काठमाडौं, ९ असोज । एमाले अध्यक्ष केपी ओलीले चलखेल भइरहेको भन्दै संविधान संशोधन प्रस्तावमा सहमत नहुने बताएका छन् ।

आफ्नो प्रतिवेदनमाथि केन्द्रीय कमिटीमा उठेका प्रश्नको जवाफ दिँदै ओलीले संशोधनको सरकारी तयारीमा सहमत हुन नसकिने स्पष्ट पारेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छपोको छ ।

‘संविधान संशोधनका बारेमा चर्चा सुनेका छौँ । तीनबुँदे प्रस्तावको कुरा बाहिर आएको छ । त्यसभित्र चलखेलका अनेक पाटाहरू छन् । हामीसँग कुनै सरसल्लाह भएको छैन,’ ओलीले भने, ‘एमालेजस्तो प्रमुख हैसियत भएको पार्टीसँग सामान्य परामर्श पनि गर्नुनपर्ने रु संविधान गतिशील दस्तावेज हो भन्ने नेकपा ९एमाले०ले बुझेको छ ।’

बैठकमा केही केन्द्रीय सदस्यले एमालेको अबको भूमिका, पार्टीभित्र बढिरहेको गुटबन्दी निराकरण, संविधान कार्यान्वयन र सरकारमा सहभागिताको सम्भावना, वामपन्थी समीकरणलगायत अनेक कोणबाट प्रश्न उठाएका थिए ।

‘अध्यक्षले सबै प्रश्नको जवाफ दिएर पार्टी एकताबद्ध गतिशील ढंगले अघि बढ्ने प्रस्ट पार्नुभएको छ,’ केन्द्रीय सदस्य ईश्वरी रिजालले भने ।