११ कार्तिक २०८३, बुधबार

एमालेभित्रको गुटबन्दी रोक्न नियमावली संशोधन गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-meetingकाठमाडौं, ९ असोज । एमालेभित्र मौलाएको गुटबन्दी रोक्न पार्टीको नियमावली नै संशोधन गर्ने निर्णय गरेको छ ।

केन्द्रदेखि जिल्ला हुँदै क्षेत्रसम्म र हरेक जनवर्गीय संगठनमा गुटबन्दी मौलाएपछि एमाले नेतृत्व कठोर बन्दै नियमावली नै संशोधन गर्ने निर्णयमा पुगेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

केन्द्रीय कमिटीको बैठकले गुटबन्दी रोक्न १० बुँदे विशेष प्रस्ताव पारित गर्दै नियमावली संशोधन गर्ने निर्णय गरेको छ ।

एमालेले गुटको आधारमा प्यानल बनाएर निर्वाचन लड्न पनि निषेध गरेको छ ।

पार्टीको आन्तरिक एकता र प्रभावकारी परिचालनका लागि १० बुँदे विशेष प्रस्ताव पारित गर्दै प्यानलमा निर्वाचन लड्न नपाइने व्यवस्था गरिएको एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराइले बताए ।