११ कार्तिक २०८३, बुधबार

कांग्रेसले सात जना राज्य मन्त्री थप्ने, गृहमा जान सांसदको दौडधुप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sher-bahadur-deubaकाठमाडौं, ९ असोज । कांग्रेसले सरकरमा थप सात जना राज्य मन्त्री थप्ने तयारी गरिरहेको छ ।

कांग्रेस सभापति देउवानिकट स्रोतका अनुसार सोमवार वा मंगलबारसम्म राज्यमन्त्री थपिने छ । राजधानी दैनिकले समाचार छापेको छ ।

कांग्रेस केन्द्रीय सदस्य नभएका सांसदहरुले पनि राज्यमन्त्री बन्न लविङ गरिरहेका छन ।

केन्द्रीय सदस्य भएकाहरुले भने राज्यमन्त्रीमा जान चासो देखाएका छैनन् ।

राज्यमन्त्री थप्दा देउवाले भूगोल, महिला, जनजातिलाई प्राथमिकता हेरेर निर्णय गर्ने भएका छन् ।

खासगरी गृह राज्य मन्त्री बन्न धेरै सांसदहरुले प्रयास गरिरहेका छन् । वर्तमान गृहमन्त्री विमलेन्द्र निधि मन्त्रालयको काममा भन्दा अन्य काममा बढी व्यस्त हुने भएकाले गृहराज्य मन्त्रीले धेरै अधिकार पाउने आशामा पनि उनीहरु गृह राज्य मन्त्रीका लागि दौडधुप गरिरहेका छन् ।