११ कार्तिक २०८३, बुधबार

आतंकवादी संगठन ‘आइएस’लाई सघाउने नेपाली नागरिक धरौटीमा रिहा

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahendra-jung-sahaकाठमाडौं, ८ असोज । अन्तर्राष्ट्रिय आतंकवादी संगठन आईएससँग आबद्व रहेको भन्दै मलेसियाबाट डिपोर्ट गरिएका नेपाली नागरिक धरौटीमा छुटेको खुलेको छ ।

मलेसियामा होटल व्यवसाय संचालन गरेर बसेका महेन्द्रजंग शाहलाई नक्कली कागजपत्र बनाएर आईएसलाई सघाएको आरोपमा मलेसिया सरकारले पक्राउ गरी २० दिनअघि नेपाल डिपोर्ट गरेको थियो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले भदौ १७ मा विमानस्थलबाटै नियन्त्रणमा लिएर सार्वजनिक अपराधको अभियोगमा हिरासतमा राखेको खुलेको थियो ।