११ कार्तिक २०८३, बुधबार

‘सुनौलो हजार’मा गर्भवती र शिशु होइन कर्मचारी हुन्छन् मालामाल

2.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

‘सुनौलो हजार’ कार्यक्रम प्रचारकहरू
‘सुनौलो हजार’ कार्यक्रम प्रचारकहरू

काठमाडौं, ८ असोज । दाताको सहयोगमा सरकारद्वारा सञ्चालित सुनौला हजार कार्यक्रममा ब्यापक भ्रष्टाचार भएको सरकारी छानबिनमै फेला परेको छ ।

गर्भावस्थादेखि शिशु स्याहारसम्मका हजार दिनलाई लक्षित गरी विश्व बैंकको सहयोगमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयद्वारा सञ्चालित कार्यक्रम लागू भएका जिल्लामध्ये धनुषा, सप्तरी, सिराहा, महोत्तरी र रौतहटमा तलबभत्ता, सामान खरिदलगायत नाममा भ्रष्टाचार भएको हो । नागरिक दैनिकले समाचार छापेको छ ।

लक्षित समुदायलाई फाइला पुर्‍याउनेभन्दा कर्मचारीले व्यक्तिगत लाभ लिएको, अनुदान हिनामिना गरेको र केन्द्रबाट पठाएको रकम जिल्ला नपुगेको सार्वजनिक भएपछि मन्त्रालयले गरेको छानबिनमा तराईका ५ जिल्लामा कर्मचारीबाट भ्रष्टाचार भएको भेटिएको हो ।