११ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री आउने भएपछि भैंसी डुब्ने सडकलाई यस्तो बनाइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ८ असोज । मेलम्चीबाट जिरोकिलोसम्म दैनिकजसो मोटरसाइलमा ओहोरदोहोर गर्ने रेडियो मेलम्चीका पत्रकार देवराज सुवेदी शुक्रबार जिरो किलोदेखि मेलम्ची जाँदै गर्दा चकित परे ।

अघिल्लो दिनसम्म भैसी नै डुव्ने खाडल सडक भए पनि शुक्रबार भने सडकमा कतै पनि खाडल भेटाएनन् उनले । राजधानी दैनिकले समाचार छापेको छ ।

रातारात ग्राभेल गरेर जिरो किलोदेखि मेलम्चीसम्मको सडक दुरुस्त पारिएको हो ।

सडक दुरुस्त बनाएपछि अरु बेला मेलमचीसम्म पुग्न तीन घण्टा बढी समय लाग्ने गरे पनि शुक्रबार उनी आधा घण्टामै पुगे ।

मेलम्ची पुगेपछि सुवेदी भन्दै थिए, ‘प्रधानमन्त्री आउँदा त सडक यस्तो भयो भने राष्ट्रपति आउँदा कस्तो होला ? सधै यस्तै भ्रमण भइरहोस् ।’