११ कार्तिक २०८३, बुधबार

गगनले अस्पतालको सेवा सुधार गर्न बिरामीको भेषमा युवा परिचालन गरे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gagan thapaकाठमाडौं, ७ असोज । स्वास्थ्यमन्त्री गगन थापाले सरकारी अस्पतालले दिने सेवासहित समग्र अवस्थाबारे जानकारी लिन स्वयंसेवक युवालाई बिरामीको भेषमा परिचालन गरेका छन् ।

ती स्वयंसेवकले अस्पतालले बिरामीलाई दिने सेवा, गर्ने व्यवहार, भौतिक पूर्वाधार अवस्था, समस्या र सुधार क्षेत्रलगायत विषयमा बुझेर मन्त्रीलाई जानकारी गराउँछन् । नागरिक दैनिकले समाचार छापेको छ ।

अस्पतालका समस्या पहिचान गरी समाधान रणनीति तर्जुमा गर्न सहयोग पुगोस् भनेर उनले स्वयंसेवक युवालाई बिरामीको भेषमा ‘गुप्त दूत’ बनाएर परिचालन गरेका हुन् ।

भरतपुर अस्पतालको सी ब्लक भवन शिलान्यास गर्न बिहीबार भरतपुर आएका मन्त्री थापाले भने, ‘मैले बिभिन्न तरिकाबाट अस्पतालका बारेमा जानकारी लिइरहेको छु । परीक्षण गरेको छु ।’

मन्त्री भएपछि उनी स्वयं पनि विभिन्न अस्पताल पुगेर समस्या र समाधानका उपायबारे जानकारी लिइरहेका छन् ।