११ कार्तिक २०८३, बुधबार

गृहमन्त्री निधिले किन भेटाए ‘प्रचण्ड’सँग अभियुक्तलाई ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टीकापुर घटनाका फरार अभियुक्त रेशम चौधरीलाई नयाँ दिल्लीस्थित ताज होटलमा भेट्दै प्रधानमन्त्री प्रचण्ड ।
टीकापुर घटनाका फरार अभियुक्त रेशम चौधरीलाई नयाँ दिल्लीस्थित ताज होटलमा भेट्दै प्रधानमन्त्री प्रचण्ड ।

काठमाडौं, ६ असोज । अरुको ढाडमा टेकेर टाउकोमा हान्ने माओवादी जनयुद्धकालीन रणनीति यतिवेला कांग्रेसका नेता विमलेन्द्र निधिमा सरेको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको दोस्रो बरीयतामा रहेका उपप्रधानमन्त्री बिमलेन्द्र निधि पार्टीभित्र कहिले सन्त नेता कृष्णप्रसाद भट्टराईको सहारामा, कहिले पीता महेन्द्र नारायण निधिको नाम भजाएर त कहिले सुशील कोइरालालाई फकाएर पनि आफ्नो स्वार्थसिद्ध गर्न पल्किएका कुटिल राजनीतिज्ञ हुन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

उनै निधि यतिवेला पार्टी नेताहरुलाई मात्र होइन, संसदको तेस्रो ठूलो दल माओवादीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाललाई प्रयोग गर्न समेत सफल भएका छन् ।

उनले मधेश आन्दोलनलाई समन गर्न र पश्चित तराईमा थारु आन्दोलनलाई मत्थर गर्न भनेर दाहाललाई हुने नहुने सल्लाह दिएर फसाउन लागेका हुन् । दाहाललाई पहिलो चरणमा फसाउन उनी भारत भ्रमणकै क्रममा सफल भएका छन् ।

निधिले भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहालसँग नयाँदिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको दिवा भोजमा कैलालीको टिकापुर घटनाका अभियुक्त रेशम चौधरीसँग भेट गराएका थिए ।

रेशम चौधरी टिकापुरमा गत साल भएको प्रहरी हत्याकाण्डका प्रमुख अभियुक्त हुन । उनलाई प्रहरीले मोस्ट वान्टेडको सूचीमा राखेको छ ।

अभियुक्त चौधरीसँग प्रधानमन्त्रीलाई भेट गराएर आफु पानी मुनिको ओभानो बन्न खोज्ने निधिको नियतलाई दाहालले राम्रोसँग बुझ्न थालेका छन् ।

यतिवेला प्रधानमन्त्रीको सचिवालयमा रेशम चौधरीजस्तो अभियुक्तलाई प्रधानमन्त्रीसँग किन र कसरी भेट गराइयो भनेर अनुसन्धान हुन थालेको छ ।

निधिको नियत फास्ट ट्रयाकको बिषयमा प्रधानमन्त्रीलाई फसाउने थियो । तर, प्रधानमन्त्री दालालले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई पहिले नै निधिसँग सचेत हुन भनेका थिए ।

पहिलेदेखि नै निधिको नियत अरुलाई प्रयोग गर्ने भएका कांग्रेसका एक पुराना नेता वताउँछन् । निधिले ३५ सालमा नेविसंघको अध्यक्ष हुँदा वीपीलाई, २०५१ सालको आमनिर्वाचनमा धनुषाबाट टिकट लिन पीता महेन्द्रनारायणको र २०५६ सालमा मन्त्री बन्न किसुनजीलाई प्रयोग गरेका थिए ।

सुशील कोइराला नेतृत्वको सरकारमा भौतिक योजना मन्त्री हुँदा निधिले संविधानमा मधेशी मोर्चाको माग पूरा गर्नु पर्छ भन्दै प्रधानमन्त्रीलाई नै झण्डै फसाएका थिए ।

उनले त्यसवेला आफ्नो गुटका नेता देउवाको बिरुद्ध पश्चिम तराई दुई जिल्ला कैलाली र कञ्चनपृुर मधेश प्रदेशमा राख्नु पर्ने अडान राख्दा देउवाले कुनै हालतमा हुँदैन भनेर हप्काएका थिए ।

पछि एमालेले नेतृत्वले ल्याएको बजेटका बिरुद्ध अभिव्यक्ति दिने क्रममा निधिले देउवालाई गलत सल्लाह दिएका थिए र देउवाले फास्ट ट्रयाक नेपालले नै बनाउन सक्छ भनेर संसदमा बोलेका थिए । पछि देउवालाई निधिको स्वार्थसिद्ध गर्न त्यसरी बोल्न लगाउन हुँदैन थियो भनेर दबाब पनि परेको थियो ।