
काठमाडौं, ५ असोज । बढुवा हुने बित्तिकै यौन दुराचारमा परेका महासेनानी प्रेमकुमार थापामाथि कोर्ट अफ इन्क्वायरीमा दोषी ठहरिएर अन्तिम कारवाही स्वरुप कोर्ट मार्शल सुरु भएको छ ।
सहायकरथी रघु भण्डारीको अध्यक्षतामा जनरल सैनिक अदालत गठन भएको हो । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।
यसले सामान्य यौन दुराचारको मात्र कुरा हो भने जागिर खुस्काउन सक्छ । तर, नाबालिका बलात्कृत नै भएकी हुन भने सिभिल अदालतलाई केस रिफर गर्ने सम्भावना पनि जीवितै छ ।
इटहरी बस्दा प्रेम थापा र महेन्द्र महर्जन एउटै ब्याचका भएको कारण मित्रता थियो नै पछि पत्नीहरुबीच भएको १८–२० लाखको लेनदेनका कारण झगडा बढेर यो हदसम्म आरोप प्रत्यारोप भएको प्रेम पक्षको दाबी छ ।
प्रेमकी श्रीमतीले चिफलाई भेटेर रोइकराई गर्न खोजेतापनि समय पाएकी छैनन् ।
सैनिक श्रीमती संघकी अध्यक्षलाई पनि भेट्न खोजिन तर उनीहरुले अहिलेसम्म भेट दिएका छैनन् ।
महेन्द्र विदेशमा रहेको मौका पारी पैसा नतिर्ने दाउ निकाल्दैं महर्जन पत्नीले यस्तो आरोप लगाएको प्रेम परिवारले सफाइ दिएपनि जाबो त्यति पैसाका लागि कुनै आमाले आफ्नी छोरीको इज्जत नै दाउमा कसरी लगाउँछन् र भन्दैं उनीहरुको दाबी पत्याइएको छैन् ।
सिभिल अस्पतालमा केस नपठाएपनि प्रेमको जागिरसम्म खुस्कने सम्भावना बढेको बताइन्छ ।















प्रतिक्रिया