११ कार्तिक २०८३, बुधबार

चीनबाट यसरी आयो ‘प्रचण्ड’लाई नमीठो चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

puspakamal-dahal-prachandकाठमाडौं, ५ असोज । आफ्नो भारत भ्रमणलाई ऐतिहासिक रुपमा सफल भनेर प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी हेडक्वाटरलाई रिपोर्टिङ गरिरहेका बेला उत्तरी छिमेकी चीनले भने विज्ञमार्फत यो यात्राप्रति व्यांग्य प्रहार गरेको छ ।

प्रधानमन्त्री दाहालले अस्तिको बैठकमा सबैजसो भारतीय नेताले आफ्नो उच्च प्रशंसा गरेको, दक्षिण एसियाली क्षेत्रमा भरपर्दो नेता तपाई नै हो भन्दै हौसला बढाएको सहयोद्धाहरूलाई सुनाएका थिए । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

भारतीय नेताले ‘तपाई जे भन्नुहुन्छ, हामी त्यहीअनुसार गर्न तयार छौँ’ भन्ने बचन दिएको जानकारी सहित उनले भने, ‘त्यसैले यो यात्रा मैले सोँचेभन्दा सफल भयो ।’

उनले अस्ति राष्ट्रपतिद्वारा आयोजित संविधान दिवसको रात्रिभोजमा कांग्रेस नेता रामचन्द्र पौडेलसँग भेट हुँदा भनेका थिए, ‘हिजो दुई देशबीच सम्बन्धमा तिक्तता थियो । त्यसो नहुनुपर्ने हो, अब राम्रो हुन्छ भनेका छन् ।’ दाहालले यस्तो भनिरहँदा कांग्रेसको एक खेमा र एमालेबीच ‘अब यिनले संविधान डुबाउँछन् । शून्यतातर्फ मुलुकलाई जैजान्छन् । संसदको मात्रै चुनावमा भए पनि केन्द्रित हुनुपर्छ’ भन्दै सल्लाह भएको बुझिएको छ ।

दाहालको भारत भ्रमणताका भए–गरेका सहमति र मुद्दाउपर चिनियाँले मन दुखाउन थालेको छनक कसरी पाइन्छ भने, सत्तारुढ कम्युनिष्ट पार्टीनिकट ग्लोबल टाइम्स पत्रकामा सोमबार राति प्रकाशित सु लियाङ र आइ जुनको छुट्टाछुट्टै लेखमा त्यसप्रकारको असन्तुष्टि पोखिएको छ ।

सु बेइजिङ अन्तर्राष्ट्रिय सञ्चार विश्वविद्यालयअन्तर्गत ‘भारत अध्ययन केन्द्र’का निर्देशक हुन् । ग्लोबल टाइम्स पार्टी मुखपत्र चाइना डेली एण्ड कम्पनीको साप्ताहिक प्रकाशन हो ।

‘नेपाल रिस्क्स मिसिङ चान्स वीथ चाइना’ शीर्षक लेखमा सुले अघिल्लोपालि प्रधानमन्त्री बन्दा पुष्पकमल दाहालले पहिलो विदेश भ्रमण चीनबाट थालेर जुन नयाँ परम्परा बसालेका थिए, आठ वर्षपछि उनी त्यसमा अडिन सकेनन्, भन्दै व्याङ्ग्य गरेका हुन् ।

‘परम्परा तोड्दै पहिलो विदेशयात्रा आश्चर्यजनक रुपमा चीनबाट थालेर प्रचण्डले हामीमा आशा जगाइदिएका थिए’, उनी अगाडि लेख्छन्, ‘प्रचण्डलाई भारत भ्रमणको निम्तो आउनेवित्तिकै पूर्वप्रधानमन्त्री केपी ओलीले आफ्नो कार्यकालमा चीनसँग गरिएको लोकप्रिय सम्झौतामा कुनै पनि असर पार्ने काम नहोस् भनी चेतावनी दिइसकेका थिए ।

यस्तो काम आफूबाट नगरिने स्ष्टीकरण दिएन प्रचण्डले आफ्नो दूत चीन पठाउनु परेको थियो ।