११ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्री दाहालले यसरी मिलाए लोकमानसँग सेटिङ, अनियमिताको छानविन नगर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mao-meeting-prachand-puspakamal-dahalकाठमाडौं, ५ असोज । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रखुख लोकमान सिंह कार्कीसँग लडाकु शिविरको अनियमितता छानबिन प्रक्रिया अघि नबढाउनेबारे कुरा भइसकेको बताएका छन् ।

लाजिम्पाटस्थित निजी निवासमा मंगलबार बसेको बैठकमा दाहालले यस्तो बताएका हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

अदालतले कार्कीको नियुक्तिबारे फैसला पुनरावलोकन गरने भनेपछि उनले हाम्रोतर्फबाट केही सहयोग होला भन्ने अपेक्षा राखेका रहेछन्, म केही नभनी भारत भ्रमणमा निष्किएपछि ‘अदालतको कुरा मिलाइदिएन’ भन्ने उनको असन्तुष्टी देखियो’, बैठकमा दाहालको भनाइ उदृत गर्दै माओवादी उच्च स्रोतले भन्यो, ‘मैले सबै कुरा प्रष्ट बताइदिएको छु । उनले कार्कीको रियलाइज पनि गरेका छन् । अब अख्तियार र पार्टीबीच कुरा मिलिसक्यो भनेर बुझ्नुहोस् ।’

दाहालले अदालत र अख्तियारको पाटोमा के कुराकी हुन्छ भन्नेबारे आफूले बिस्तृतमा चासो राख्न नपाएको पनि बैठकमा बताएका थिए ।

अख्तियारले गत शुक्रबार पत्रकार सम्मेलन गर्दै माओवादी लडाकु शिविरमा भएको अनियमितता छानविन प्रक्रिया अघि बढाउने निर्णय गर्दै सम्बन्धि पदाधिकारीहरसंग सोधपुछ अघि बढाउने बताएको थियो ।

प्रमुख विपक्षी एमालेको उक्साहटमा अख्तियारले उक्त प्रक्रिया अघि बढाउन खोजेको उल्लेख गर्दै दाहाले त्यसबारे कार्कीसंग कुरा भइसकेको बैठकमा उल्लेख गरेका थिए ।

दाहाल निकट दुई नेताहरुले एमालेका उच्च तहका नेता र अख्तियार प्रमुख कार्कीबीचको छलफलबाट यस्तो प्रक्रिया अघि बढाउन खोजेको दाबी गरेका छन् ।