२८ आश्विन २०८३, बुधबार

अवहेलना मुद्दा दायर भएकै दिन थापा बने सभासद

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ganesh-Thapasकाठमाडौं, १३ भदौ ।  गणेश थापा सभासदमा मनोनित हुनु र उनीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर हुनु एकै दिन परेको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष समेत रहनु भएका थापाविरुद्ध

फ्रेन्ड्स क्लवले शुक्रबार पुनारवेदन अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

उहाँलाई शुक्रबार मन्त्रिपरिषद्ले राप्रपा नेपालको कोटाबाट सभासदमा मनोनित गरेको छ ।

क्लवले एन्फासँगै अध्यक्ष गणेश थापा र महासचिव धिरेन्द्र प्रधानविरुद्ध अदालतमा दायर गरेको हो ।

ए डिभिजन लिगमा रेफ्रीले धाँधली गरेको र छानविन नै नगरी आफूहरुलाई कारबाही गरेको भन्दै फ्रेन्ड्सले एन्फाविरुद्ध २०७० माघ २० गते पुनरावेदन अदालतमा मुद्दा दायर गरेको थियो ।

तर, मुद्दा विचाराधिन रहेको अवस्थामा नै एन्फाले खेलको मुद्दा अदालतमा लैजान नमिल्दै भन्दै फिर्ता लिन चेतावनी दिएको थियो । मुद्दा फिर्ता लिन दबाव दिएर अदालतको अपहेलना गरेको भन्दै थापाविरुद्ध मुद्धा दायर गरेको निवेदकको दावी छ ।