११ कार्तिक २०८३, बुधबार

गगन थापाले यसरी पत्ता लगाए हराएको लोकमानको फाइल

167.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gagan-thapaकाठमाडौं, ३ असोज । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिसम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमै रहेको खुलेको छ ।

आइतबारको मन्त्रिपरिषद बैठकमा स्वास्थ्यमन्त्री गगन थापाले कार्कीको नियुक्तिसम्बन्धी कागजात हराएको विषय उठाएका थिए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

थापाले जिज्ञासा राखेपछि मुख्य सचिव सोमलाल सुवेदीले नियुक्तिसम्बन्धी माइन्यूट कार्यालयमै रहेको जानकारी दिएका थिए ।

‘नियुक्तिको माइन्यूट हराएको थिएन । प्रधानमन्त्री कार्यालयमै छ । हामी केही दिनमै अदालतमा त्यसबारे जवाफ दिन्छौ’, मुख्य सचिव सुवेदीले भने, ‘बाहिर भनिएजस्तो भूकम्पका कारण फाइल तलमाथि परेको होइन ।’