१२ कार्तिक २०८३, बिहिबार

सरकारले मनमोहन मेडिकल कलेजको विधेयक फिर्ता लिने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

manmohan-collage-uml-netaकाठमाडौं, ३ असोज । सरकारले प्रस्तावित मनमोहन मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने विधेयकलाई फिर्ता लिने भएको छ ।

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले संसदमा विचाराधिन उक्त विधेयक फिर्ता लिने निर्णय गरेको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

मन्त्रिपरिषदले राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान (नाम्स)को नाम परिवर्तान गरी लोकतान्त्रिक आन्दोलनका सम्मानित नेता पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको नाममा राख्ने निर्णय समेत गरेको छ ।

अब नाम्सको नाम मनमोहन राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान राखिनेछ ।

नाफा मुलुक संस्थामा यस्ता सम्मानित नेताको नाम नजोड्न यस्तो निर्णय भएको मन्त्रिपरिषद स्रोतले जानकारी दिएको छ ।