११ कार्तिक २०८३, बुधबार

मधेस आन्दोलनमा संलग्न दोषीहरूलाई गृहमन्त्री निधिले दसैँ अगाडि छाड्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bimlendra-Nidhi_281256586काठमाडौं, २ असोज । सरकारले मधेस आन्दोलनको विभिन्न घटनामा संलग्न तीन सय ७४ जनाविरुद्धको मुद्दा फिर्ता लिने तयारी गरेको छ ।

दसैँअघि नै मुद्दा फिर्ताको निर्णय हुने कार्यबाहक प्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले बताएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

गृह मन्त्रालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा कार्यबाहक प्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री निधिले एक सय ६० मुद्दाका तीन सय ७४ आरोपीको मुद्दा फिर्ताबारे गृहकार्य भइरहेको जानकारी दिएका हुन् ।

उनले भने, ‘मधेसी मोर्चा र संघीय गठबन्धनको सरकारसँग भएको तीनबुँदे सम्झौताअनुसार दसैैँअगाडि नै मुद्दा फिर्ता लिने हाम्रो तयारी छ ।’

मुद्दा फिर्ताबारे कतिपय कानुनी जटिला रहेको र त्यस विषयमा सम्बन्धित पक्षसँग छलफल भइरहेको निधिले बताए ।

मुद्दा फिर्तासम्बन्धी कार्यविधि संशोधनको तयारी गृह मन्त्रालयले गरेको छ ।

तर, विगतका सर्वोच्चका नजिरका आधारमा गम्भीर किसिमका फौजदारी मुद्दा फिर्ता लिन मिल्दैन ।

मुद्दा चलाइएकामध्ये कतिपय फरार छन् । कार्यविधिमा फरार व्यक्तिको मुद्दा फिर्ता लिन नमिल्ने उल्लेख छ ।

शनिबार पनि मधेसी नेता तथा उनीहरूनिकट कानुन व्यवसायीसँग मुद्दा फिर्ताबारे छलफल भएको थियो ।