काठमाडौं, १ असोज । भारत भ्रमणमाबाट फर्किए लगत्तै अमेरिका जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई मधेसी मोर्चाले अमेरिका नजान दबाब दिने भएका छन् ।
असोज २ गते भारत भ्रमणबाट फर्किए लगत्तै दाहाललाई देशभित्रको समस्या समाधान गर्नका लागि अमेरिक भ्रमण स्थगन गर्न दबाब दिने भएको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
भारत भ्रमणअघि नै संशोधन प्रक्रिया अघि बढाउने आश्वासन दिएका प्रधानमन्त्रीले भ्रमणबाट फर्किएपछि मात्र संशोधन प्रक्रिया अगाडि बढाउने आश्वासन दिएका थिए ।
भारत भ्रमण जानु अघिल्लो दिन प्रधानमन्त्रीले केही प्राविधिक समस्याले प्रक्रिया अघि नबढेको जानकारी मोर्चालाई दिएका थिए ।
तर भ्रमणबाट फर्किए लगत्तै प्रक्रिया अघि बढाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
दाहालकै प्रतिवद्धता अनुसार अमेरिका भ्रमण स्थगन गराउन मोर्चाले दबाब दिने भएको हो ।















प्रतिक्रिया