२८ आश्विन २०८३, बुधबार

मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

photo-photoकाठमाडौं, १३ भदौ ।  नेपालको यु–२३ राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सिलेटमा हुँदैछ ।

दक्षिण कोरियामा हुन लागको १७ औं एसियाली खेलकुद एसियाडको तयारीका लागि नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागको हो ।

यसअघि गत मंगलबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल १–० ले पराजित भएको थियो ।

एसियाडमा समूह ‘डी’ मा रहेको नेपालले साविक विजेता जापान, पूर्व विजेता इराक र दुई पटकको उपविजेता कुवेतको सामना गर्नेछ ।

यसअघि एसियाडमा पाँच खेल खेलेको नेपालले पाँचै खेलमा हार भोगेको छ । सन् १९८२ देखि १९९८ सम्मको यसियाडमा लगातार पाँच सहभागितामा पाँचैपटक हार भोगेको थियो ।

नेपाल १६ वर्षपछि पहिलो पटक एसियाडमा सहभागिता जनाउँदै छ ।