काठमाडौं, ३१ भदौ । ३ देखि ५ असोजका लागि पूर्वनिधारित कांग्रेस भातृ संगठन तरुण दलको चौथो महाधिवेशन करिब दुई महिना पर सरेको छ ।
महाधिवेशनका लागि पार्टी सभापति शेरबहादुर देउवाले गठन गरेको निर्देशन समितिले आगमी २७ देखि २९ कात्तिकसम्म गर्नेगरी अर्को मिति तोकेको हो ।
तरुण दलको महाधिवेशनका लागि मिति तय गरिएको यो तेस्रो पटक हो । राजधानी दैनिकले समाचार छापेको छ ।
यसअघि रामचन्द्र पौडेल पक्षधर नेताहरुले पूर्वघोषित ३ असोजमा महाधिवेशन गरे वहिष्कार गर्ने धम्की दिँदै आएका थिए ।
तराईका सबै जिल्लामा जिल्ला अधिवेशननगरी केन्द्रीय महाधिवेशन गर्न नहुने अडान उनीहरुको रहेको छ ।
देउवा र कृष्ण सिटौला पक्षधर नेता भने जुनसुकै अवस्थामा पनि पूर्वनिर्धारित मितिमा महाधिवेशन हुनुपर्ने बनाउँदै आएका थिए ।
देउवा पक्षले ६९ जिल्लामा जिल्ला अधिवेशन भएको बताउँदै आएको छ भने पौडेल पक्षले ५५ जिल्लालाई मात्र मान्यता दिनुपर्ने बताउँदै आएको छ ।















प्रतिक्रिया