११ कार्तिक २०८३, बुधबार

चिनियाँ कम्पनीले पायो काबेली ‘ए’ जलविद्युत आयोजना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kabeli-riverकाठमाडौं, ३१ भदौ । काबेली ‘ए’ जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाएको छ ।

३७.६ भेगावाट क्षमताको झिझ्याङ टीडव्लु र सीडब्लु नामक चिनियाँ कम्पनीले निर्माणको जिम्मा पाएको आयोजना प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए । कारोबार दैनिकले समाचार छापेको छ ।

यसअघि काबेली हाइड्रोपावर इनर्जी प्रा.लि.ले निर्माणको काम सुरु गरे पनि विवादका कारण अघि बढ्न सकेको थिएन ।

दसैं लगत्तै चिनियाँ कमपनीले निर्माणको काम सुरु गर्नेछन् । आयोजना प्रमुख श्रेष्ठका अनुसार काबेलीमा बुटवल पावर कम्पनीको ५१ प्रतिशत र सिंगापुरको इन्फ्राको कम्पनीको ४४ प्रतिशत सेयर लगानी छ ।

कुल १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा पूर्वाधार निर्माणका काम सकिएकाले अब चाँडै नै हाइड्रो मेकानिकलतर्फको काम सुरु हुनेछ ।