२८ आश्विन २०८३, बुधबार

पुलिसवालाले नचायो राजेश हमाललाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajesh-hamal

नेपालगन्ज । बाँकेको कोहलपुरमा जारी ‘बृहत् मध्यपश्चिम अञ्चल सांस्कृतिक महोत्सव २०७१’ मा महानायक राजेश हमाल छमछमी नाचेर कोहलपुरवासीलाई मनोरञ्जन प्रदान गरेका छन्। महोत्सवमा पुगेकी गायिका पूर्णकला बीसीले गाएको ‘पुलिसवालाले दिल चोरी लग्यो’ बोलको गीतमा महानायक हमाल नाचेका हुन्।

महोत्सवमा आफू अभिनीत चलचित्रका चर्चित संवाद प्रस्तुत गरेर महानायक हमालले दर्शकलाई घरि हँसाए त घरि आफ्नो संवाद बोल्न लगाए। उनले ‘यो हात साथीका लागि सलाम हो, दुस्मनका लागि फलाम हो’जस्ता संवाद बोल्दा दर्शकले पनि उनलाई साथ दिएका थिए। महोत्सवमा स्थानीय कलाकारको समेत प्रस्तुति थियो।

महोत्सवमा हास्य टेलिशृंखलाका विभिन्न कलाकारले प्रहसन पनि प्रस्तुत गरेका छन्। बालउद्यान खुला नृत्य प्रतियोगिता, तीज गीत नृत्य प्रतियोगिता पनि महोत्सवको आकर्षण रहेको छ। लोकदोहरी गीत प्रतिष्ठान नेपाल बाँके शाखाको आयोजनामा भदौ ६ देखि सुरु भएको महोत्सव १४ गतेसम्म चल्ने भएको छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।