काठमाडौं, ३० भदौ । नेपालका आकर्षक र ठूला जलविद्युत आयोजना वर्षौंसम्म ओगट्दै आएको भारतलाई पुनः अर्को त्यस्तै आकर्षक र रणनीतिक महत्व भएको आयोजना सुम्पने तयारी भएको छ ।
कुनै विवादित र गोप्य सन्धीसम्झौता नगर्ने भनी सार्वजनिक प्रतिबद्वता व्यक्त गर्दै आएका प्रधानमन्त्री प्रचण्डले नै भारतलाई एउटा आयोजना दिन सम्बद्व निकायलाई निर्देशन दिएका छन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
सरकारले बास्केटमा राखी आफैं अध्ययन गरिरहेको संखुवासभामा पर्ने तल्लो अरुण ४०० मेगावट जलविद्युत आयोजना भारतलाई दिन प्रधानमन्त्रीबाट निर्देशन आएपछि परराष्ट्रले ऊर्जा मन्त्रालयसँग उक्त आयोजनको विस्तृत विवरण माग गरेको छ ।
परराष्ट्र सचिव शंकर वैरागीले ऊर्जाका पदाधिकारीसँग ‘प्रधानमन्त्रीज्यूले जसरी भएपनि दिनै पर्यो’ भन्दै तल्लो अरूणको विवरण माग गर्न ऊर्जासचिव अनुपकुमार उपाध्यायलाई मौखिक आग्र गरेका थिए ।















प्रतिक्रिया