११ कार्तिक २०८३, बुधबार

फेरि एक्लिइन सुजाता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sujata-Koirala-650x535काठमाडौं, ३० भदौ । नेपाली कांग्रेस जस्तो ठूलो पार्टीमा पनि राजनेताको सन्तान भएकै आधारमा राजनीति गरिरहनेहरुले पार्टीमा दशकौं योगदान दिएकाहरुलाई यतिवेला लर्कारी रहेका छन् ।

नेपाली कांग्रेसका पूर्वसभापति एवं शान्तिनायक गिरिजाप्रसाद कोइरालाकी पुत्री भएकै आधारमा आफुले जे पद पनि पाउनु पर्छ र जे पनि गर्न र बोल्न पाउनु पर्छ भन्ने मान्यता राख्दै आएकी कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला यतिवेला कांग्रेस शीर्ष नेतालाई नै गाली गर्न थालेकी छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

पार्टी केन्द्रीय सदस्यमा दुई÷दुई पटक जितेकी, मुलुकको उपप्रधानमन्त्री समेत भएकी सुजाताले नेपाल महिला संघको तेस्रो महाधिवेशनमा सभापति पदमा -याल चुहाएपछि उनको सक्कली अनुहार उदांगो भएको हो ।

हालै बत्तिसपुतलीको अनुपम पार्टी प्यालेसमा आफु निकटका केन्द्रीय सदस्य र हुक्के वैठकेलाई खुसी बनाउन आयोजना गरेको कक्टेल डिनरमा आएको सुझावको लहडमा सुजाताले महिला संघको अध्यक्ष हुने सपना देखेदेखि नैं उनले पार्टी शीर्ष नेतासँग अनुनय बिनय गरिरहेकी थिइन् ।

डिनरमा टिल्ल भएपछि कांग्रेसका उरण्ठेउला केही नेताहरुले हौसाएको उचालेको भरमा महिला संघको नेतृत्व लिन तयार सुजाताले आगामी महाधिवेशनमा पार्टी सभापतिमा कुनै हालतमा उम्मेदवार बनेरै छाड्ने घोषणा समेत गरेकी थिइन् । सोमरसको वातावरणमा दिइएको सुझावलाई सुजाताले ग्रहण गरेपछि समस्या उब्जीएको हो ।

उनले आफुलाई सर्बसम्मतले महिला संघको नेतृत्व दिन नेताहरुलाई दबाब दिन भनिन् र आफु पनि लाग्ने बताईन । आफुले महिला संघको नेतृत्व लिएमा पार्टीमा देखिएको गुटलाई समाप्त पार्ने घोषणा गरेकी सुजाताले मंगलबार राजधानीमा रामचन्द्र पौडेलले आफु निकटका महिला संघको स्वागतमा आयोजित चियापान कार्यक्रममा भनिन–‘म जहाँ जान्छु त्यहीँ संस्थापन पक्ष हुन्छ । रामचन्द्रजीलाई मेरो जहिले समर्थन छ ।’

रामचन्द्रलाई उनले जति चिल्लो घसे पनि सुजातालाई सर्बसम्मत सभापति बनाउन आफु तयार भएपनि देउवा र सिटौलाको समर्थन लिएर आउनु भनेका थिए ।

उता सिटौलाले पनि सुजाताका दूतलाई पौडेल र देउवा तयार भए बिचार गर्न सकिने जवाफ दिएका थिए । देउवाले भने ढिलो सल्लाह गरेको भन्दै महिला संघको सभापतिमा समर्थन गर्न नसकिने जवाफ दिएका थिए ।

देउवाको जवाफबाट रन्थनिएकी सुजाता बुधबार बिहानदेखि नैं हान्ने राँगो झैं नेताहरुलाई जथाभावी गालि गर्दै हिँडेकी छन् ।

उनले नेपाल महिला संघको बुधबार भएको उद्घाटन समारोहमा पार्टीका शीर्ष नेताहरु देउवा, पौडेल र सिटौलाको नामै नलिइ बिरोध गरिन र पार्टीलाई समाप्त पार्ने खेल भएको आरोप लगाइन् ।

महिला संघको महाधिवेशन उद्घाटन कार्यक्रमा बोल्दै नेतृ सुजाताले कांग्रेस वर्तमान अवस्थामा कमजोर र दरिद्र भएको बताईन् । उनले दलहरुबीच एकता नहुँदा बिदेशीहरुले पनि आफुहरुलाई हेपेको दाबी जनाइन् ।

‘के हामीले अरु मुलुकसँग राम्रो सम्बन्ध राख्न नपाउने’ भन्दै सुजाताले प्रश्न गरिन–‘एउटा मात्र मुलुकसँग मात्र हामीले सम्बन्ध राख्नु पर्ने के वाध्यता छ ?’उनले वीपीले भने झैँ हामी यसो गरौं र उसो गरौं भने पनि व्यवहारमा लागू नभएको गुनासो गरिन् । उनले भनिन ‘पार्टीमा हेर्नुस गाउँ गाउँमा गुटबन्दी छ । पार्टी समाप्त हुन्छ, कांग्रेसको इतिहास समाप्त गर्न धेरै ठूलो चलखेल भइरहेको छ ।’