११ कार्तिक २०८३, बुधबार

प्रचण्ड प्रधानमन्त्री हुनेवित्तिकै माओवादीका ८ सांसदले यसरी सफाइ पाए, डीआइजीले सबैलाई छाडे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mao-samsadsamsadकाठमाडौं, २९ भदौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अवैध मानव ओसारपसार र सरकारी कागजपत्र किर्तेमा जोडिएका माओवादी केन्द्रका ८ सांसदलाई ‘क्लिन चिट’ दिएको छ ।

‘पक्राउ परेका दिनेश खड्काको बयानमा सांसदको संलग्नताबारे नखुलेको र मुख्य आरोपित शेरबहादुर साउद फरार रहेको’ भन्दै ब्युरोले आठै जनालाई उन्मुक्ति दिएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

खडका र साउद सांसदहरूलाई स्पेन लैजान सघाउने व्यक्ति हुन् । खड्का पक्राउ परेपछि ब्युरोले उक्त प्रकरणमा जोडिएका माओवादी केन्द्रका आठै सांसदको बयान लिएको थियो ।

प्रहरीले साउद र खडकालाई आरोपित बनाउँदै बुझाएको प्रस्तावित रायसुझावका आधारमा काठमाडौं जिल्ला अदालतमा पाँच दिनअघि अवैध मानव ओसारपसारको साटो सरकारी दस्तखत किर्तेको मुद्दा दायर भएको थियो ।

उक्त मुद्दामा खडकाको नाममा धरौटीमा निस्किए पनि ठगीको मुद्दामा २ वर्ष जेल सजाय पाएका ‘फरार’ भएकाले उनी जेल चलान भइसकेका छन् ।

‘सांसदको बयान र पक्राउ परेका खडकाबाट घटनामा सांसदको संलग्नता खुलेन, अर्का मुख्य आरोपित फरारै छन्’, ब्युरोका डीआईजी नवराज सिलवालले भने, ‘फरार रहेका साउदको पक्राउ पछि खुल्यो भने फेरि अनुसन्धान हुन सक्छ ।’

जुन र जुलाईमा स्पेनमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन जाने भन्दै माओवादी केन्द्रका सांसदले भिसाका लागि बुझाएको सिफारिस पत्र किर्ते गरी असम्बन्धित व्यक्तिलाई पिए बनाएर लैजान खोजेको खुलेपछि सांसद गोमा कुँवर, डोरप्रसाद उपाध्याय, सिर्जना तमारु खत्री, सन्तकुमार थारू, रूपा महर्जन श्रेष्ठ, राममाया बोगटी, दिलमाया धामी र धना पहरी अनुसन्धानमा तानिएका थिए ।