काठमाडौं, २७ भदौ । राजनीतिक दल सञ्चालनको मुख्य स्रोतको रूपमा लेबीलाई लिने गरिएको छ ।
दैनिक क्रियाकलाप र पार्टी सञ्चालनका लागि लेबीलाई राजनीतिक दलहरूले मुख्य स्रोतका रूपमा उपयोग गर्दै आएका छन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
घरभाडादेखि पार्टीका गतिविधि सञ्चालन गर्न आर्थिक स्रोत अनिवार्य मानिन्छ ।
यद्यपि राजनीतिक दलहरू आफ्नो आयव्यव खुलेर सार्वजनिक गर्न हिचकिचाउँछन् । कसरी चलिरहेका छन् त पार्टीहरू ?
संसदमा रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको खातामा ५ करोड रुपैयाँ बचतका रूपमा देखिएको छ ।
भर्खरै पार्टी र भातृ संगठन नेविसंघको महाधिवेशन सम्पन्न भएकाले पनि पार्टीको खातामा धेरै रकम जम्मा भएको हो ।
कांग्रेसले क्रियाशील सदस्यता, नयाँ सदस्यता तथा पुराना सदस्यहरूबाट सदस्यता शुल्कस्वरूप लेबी संकलन गर्ने गरेको छ ।
नयाँका लागि २ सय र पुरानाका लागि १ सय संकलन गर्ने कांग्रेसको प्रावधान छ ।
यस्तै नेकपा एमालेको खातामा ४ करोड, नेकपा माओवादी केन्द्रको खातामा ५ लाख, राप्रपा नेपालको खातामा ४ लाख ८३ हजार, संघीय समाजवादी फोरम नेपालको खातामा २५ लाख र नेकपा मालेको खातामा ४ लाख रहेको छ ।















प्रतिक्रिया