११ कार्तिक २०८३, बुधबार

प्रचण्ड सरकारलाई एमाले यसरी गरायो सचेत

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oliकाठमाडौं, २६ भदौ । एमालेले प्रधानमन्त्रीको आसन्न भ्रमणमा केपी ओली सरकारले भारतसँग गरेका सम्झौता कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा शनिबार बसेको स्थायी कमिटी बैठकले ओली सरकारले गरेका सम्झौता कार्यान्वयनमा जोड दिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण गराएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

‘ओली सरकारले बिशाखापटनम बन्दरगाह प्रयोग गर्नेसहितका व्यापारिक सम्झौता गरेको थियो’, एमाले सचिव योगेश भट्टराईले भने, ‘तिनलाई अबको भ्रमणमा कार्यान्वयन गर्नतिर लाग्नुपर्छ ।’

अघिल्लो वर्षको फागुन दोस्रो साता भएको भ्रमणमा तत्कालिन प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माण, तराईमा सडक विस्तार, त्रिदेशीय रेलमार्ग, विद्युतीय प्रशारणलगायतका सम्झौता भएको थियो ।

बैठकले राष्ट्रिय हितविपरीतका कुनै पनि सन्धीरसम्झौता नगर्न ध्यानाकर्षण गराएको सचिव भट्टराईले जानकारी दिए ।

‘नेपाल–भारतबीचको सम्बन्धलाई सुमधुर बनाउनुपर्छ’, उनले भने, ‘तर सम्झौताहरु गर्दा राष्ट्रिय हितलाई प्राथमिकता दिन हाम्रो सुझाव छ ।’

एमालेले भारतीय लगानीमा बन्ने माथिल्लो कर्णाली, अरुण, पञ्चेश्वरलगायतका आयोजनाको निर्माण सुरु हुनुपर्नेमा जोड दिएको छ । प्रधानमन्त्री दाहाल भदौ ३० गते भारत भ्रमणमा जाँदैछन् ।

प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा एमालेले प्रधानमन्त्रीसँग उच्चस्तरीय छलफल गर्ने भएका छन् । ‘भ्रमणका बेला नेपालको राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राखी नेपाल–भारत सम्बन्धलाई सुमधुर बनाउँदै नेपालका तर्फबाट उठाउनुपर्ने विषयवस्तुहरुका बारेमा पार्टीको उच्चस्तरीय प्रतिनिधमण्डलले प्रधानमन्त्रीसँग भेटी छलफल गरी ध्यानाकर्षण गर्ने निर्णय गरेको छ,’ बैठकपछि जारी विज्ञप्तीमा भनिएको छ ।