काठमाडौं, २५ भदौ । दसैँलाई लक्षित गरी यातायात व्यवसायीले लामो दूरीमा तीन सयभन्दा बढी बस थप्ने तयारी गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले दसैं र तिहारमा अधिकांश सर्वसाधारण गृह जिल्ला जाने भएकाले यात्रु चापका आधारमा बस थप्ने तयारी गरिएको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
महासंघमा महासचिव सरोज सिटौलाका अनुसार दसैंको समयमा दैनिक डेढ लाखको हाराहारीमा यात्रु बाहिरिने भएकाले हाल सञ्चालित बसले चाप थेग्न नसक्ने अवस्था छ ।
त्यसैले एक अर्ब ५० करोड लगानी गरेर आधुनिक सुविधासम्पन्न बस थप्न लागिएको उनले जानकारी दिए ।















प्रतिक्रिया