११ कार्तिक २०८३, बुधबार

गगन थापाले गरे ठूलो काम, राजावादीको उपचार खर्च कटौती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gagan Thapaकाठमाडौं, २५ भदौ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले मन्त्रिरिषद बैठकबाट बिहीबार पूर्वउपप्रधानमन्त्री डा.तुलसी गिरीको उपचार खर्च प्रस्ताव रोकेका छन् ।

भारतको बैंग्लोरमा उपचार गराएका पूर्वउपप्रधानमन्त्री डा.गिरीको उपचार खर्च बेहोर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद बैठकमा आउनासाथ स्वास्थ्यमन्त्री थापाले कडा रुपमा विरोध गरेका थिए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्री प्रचण्डले डा.गिरी विशिष्ट व्यक्ति हो भन्दै उनको मागअनुसारको खर्च रकम स्वीकृत गर्न आग्रह गर्दा स्वास्थ्यमन्त्रीले अस्वीकार गरेका हुन् ।

मन्त्री थापाले प्रश्न गरेका थिए, ‘यो मुलुकमा को विशिष्ट हो, होइन कसरी चिन्ने ? यो देशको नेतृत्वले आम नेपालीलाई नै किन विशिष्टको दर्जा दिन सक्दैन ? डा.गिरी विशिष्ट हो, होइन थाहा कसरी पाउने ? थापाको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने ।