११ कार्तिक २०८३, बुधबार

राजधानीमा १६ वर्षीया युवतीलाई झण्डै…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dirl Mahilaकाठमाडौं, २५ भदौ । भारतीय तान्त्रिक कानु पहरी तन्त्रमन्त्र गर्दैछन् । हवनकुण्ड वरिपरि सात जना गोलो घेरा हालेर बसिरहेका छन् ।

१६ वर्षे युवतीलाई नजिकै राखेर अनौठौ पूजा चलिरहेको छ । नागरिक दैनिकले समाचार छापेको छ ।

मन्त्र पढ्दै तान्त्रिक ‘मानव हड्डी’का टुक्रामा केही छर्कदै छन् । उनी बेलाबेला युवतीलाई हवन गर्न लगाउँछन् । ‘सबै हड्डी जाग्छ कि’ भनेर आशापूर्वक हवनतिर हेरिरहेका छन् ।

हड्डी जागेपछि चमत्कार हुने आशमा त्यहाँ उक जोडी मानव बलि दिँइदैछ ।

पहरी मन्त्र पढ्दै, हवन गर्दै युवतीतिर केही छर्किरहेका छन् । यसरी १८ दिनसम्म राजधानीकै स्वयम्भू, सानो भर्‍याङस्थित घरको अध्यारो कोठामा बन्धक बनाइएकी धादिङकी ती युवती धन्य भाग्न सफल भइन् ।

बेहोसीमा तिनै तान्त्रिकले यो रहस्य खोल्दा । घटनामा संलग्न सबै पक्राउ परेपछि बल्ल घटना सार्वजनिक भयो । एकाइसौ सताब्दीमा पनि राजधानीमै सोचेनै नसकिने मानव बलो अकल्पनीय निम्त्याइदै थियो ।