११ कार्तिक २०८३, बुधबार

ट्याक्सीले अनिर्वाय रुपमा मिटरमा यात्रु बोक्नुपर्ने, अन्यथा कारबाही

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

taxi (1)काठमाडौं, २४ भदौ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथभित्र र चक्रपथबाहिर २ किमीसम्म चल्ने ट्याक्सीले अनिवार्य मिटरमा यात्रु बोक्नुपर्ने व्यवस्था लागू लगाएको छ ।

अब ट्याक्सीचालकले चक्रपथभित्र र त्यसको २ किमी बाहिर मिटर अनुसारको भाडा मात्र यात्रुसँग लिन पाउनेछ । नागरिक दैनिकले समाचार छापेको छ ।

प्रहरीले गत शनिबारदेखि यो नियम लागू गरेको हो । महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रकाश अर्यालले मिटरमा उठेको भाडामात्र ट्याक्सीले लिन पाउने बताए ।

उनले मनपरी चर्को भाडा असुलेको गुनासो आएपछि यसतो नियम लगाएको बताए ।

उनले भने,‘ अब यात्रुलाई ट्याक्सी चालकले ठग्न पाउने छैनन् । रिङरोडभित्र गुड्ने सबै ट्याक्सीको प्रहरीले अनुगमन र निगरानी गर्छ ।’