१२ कार्तिक २०८३, बिहिबार

एमाले नेता पोखरेलले किन ट्वीट हटाउन बाध्य भए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

shankar-pokharel-1काठमाडौं, २२ भदौ । एमाले नेता शंकर पोखरेलले मंगलबार बिहान मधेसी जनता अधिकांश काला हुन्छन्, त्यसैले मधेसी मोर्चाले कालो दिवस मनाउँदै छ भनेर ट्विट गरेका थिए ।

आमसर्वसाधारणले मात्र होइन एमालेकै कार्यकर्ताले समेत चर्को आलोचना गरेपछि उनले आफ्नो ट्विट डिलिट त गरे, तर माफी मागेका छैनन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

उनले माफी माग्नुपर्छ भन्दै उनकै फेसबुक र ट्विटर एकाउन्टमा धेरैले माग गरेका छन् ।

आफूले गरेको ट्विटको गलत अर्थ लगाइएको भन्दै पोखरेलले दोस्रो ट्विट गरेका छन् ।

तर, मधेसीलाई कालो भनेर अपहेलना गरेकोमा धेरैले उनलाई सामाजिक सञ्जालमा सोधेका छन्, ‘नेताज्यू, अझै पनि गल्ती स्वीकार्नुहुन्न ?’

Shankar Pokhareltweet1मंगलबार बिहान ९ः४१ बजे मधेसीलाई ‘कालो वर्ण’को भनेर ट्विट गरेका नेता पोखरेलले सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि ट्विट डिलिट गरे ।

उनले साँझ ७ः५४ बजे आफ्नो बचाउ गर्दै अर्को ट्विट गरे । उनले लेखे, ‘कालोलाई विरोधको प्रतीक बनाउने कुरा रंगभेदवादी युरोपियन चिन्तन परम्परासँग जोडिएको अर्थमा त्यसको विरोध गरेको हुँ । गलत अर्थ लगाएपछि हटाएको (अघिल्लो ट्वीट) हुँ ।’

पोखरेलले यस्तो जवाफ लेखे पनि उनको सामाजिक सञ्जालमा आलोचनाको क्रम रोकिएको छैन ।