२८ आश्विन २०८३, बुधबार

स्कटल्याण्डको सेल्टिक समूह चरणमा पुग्न असफल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

celticकाठमाडौँ, ११ भदौ । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको लागि भएका प्लेअफ खेलहरुमा जेनिथ, एफसी पोर्टो, बोते बोरिसोभ र अपोइल निकोसिया विजयी भएका छन् ।

स्कटल्याण्डको सेल्टिक भने समूह चरणमा पुग्न असफल रह्यो । सेल्टिकलाई स्लोभानियाको एनके मारिबोरले २–१ ले हराएको हो ।

उता, फ्रेन्च क्लब लिल्लाई समग्रमा ३–० ले हराउँदै पोर्चगलको एफसी पोर्टो भने च्याम्पियन्स लिगको समूह चरणको लागि छानिएको छ ।

प्लेअफको दोस्रो लेगको खेलमा रुसको जेनिथ सेन्ट पिट्सवर्गले बेल्जियमको स्टान्डर्ड लेइजलाई ३–० ले हरायो ।

यसैगरी, साइप्रसको अपोइल निकोसीयाले डेनमार्कको आलबर्ग बिकेलाई समगमा ५–१ ले हराँउदा रोमानियाको बाते बोरिसोभले स्लोभाकियाको ब्रातिस्लाभालाई ४–१ ले पाखा लगायो । एजेन्सी