२८ आश्विन २०८३, बुधबार

मायाको भुलभुलैयामा नीताले पिइन् विष

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nita-dhungana

प्रेम पीडाका कारण नायिका नीता ढुंगानाले विष सेवन गरिन् । विचरा बुबाआमाले के गरून् ? हतार–हतार लगे हस्पिटल ।

जीवनमरणको दोसाँधको अवस्थामा पनि नीता प्रेमपीडामै तड्पिरहेकी थिइन् । होस् फर्किएपछि पनि उनी आमाबाबुलाई प्रेमीबारे सोध्दै थिइन्– संगीत आएन रु बुबाआमाले भने,‘यो मायाको भुलभुलैयामा नलाग ।’

नीतालाई भेट्न हस्पिटल पुगेका सोहित मानन्धर भन्दै थिए– कसले कति माया गर्छ, यसबाटै थाह हुन्छ ।’ शनिबार सुन्धारास्थित काठमाडौं भ्याली हस्पिटलको आइसियू कक्षमा सुटिङ भइरहेको फिल्म भुलभुलैयाको ९१औँ दृश्यमा अभिनय गर्दै थिए नीता ढुंगाना, लक्ष्मी गिरी (आमा), मोहन निरौला (बाबु) र सोहित मानन्धर । अनि निर्देशन गरिरहेका थिए– योगेश घिमिरे । क्यामेरा ट्रलीमा थियो । खिचिरहेका थिए– बाबु श्रेष्ठले । ‘यो फिल्मको क्लाइमेक्सतिरको दृश्य हो ।

यसको दुई सिनपछि फिल्म दी इन्ड हुन्छ,’ निर्देशक योगेशले भने,‘फिल्ममा त्रिकोणात्मक प्रेमकथा छ । डिजिटल प्रविधिको अत्यधिक उपयोग गरेका छौँ ।’ सो सिनमा अभिनेता जीवन लुइँटेल चाहिने भए पनि उनी आइनसकेकाले ‘पछि मिलाउने’ सुर निर्देशकले बनाए ।

अहिले खिचिएको दृश्यको सिक्वेन्सबारे उनले भने, ‘प्रेमपीडाका कारण नायिकाले विष सेवन गर्छिन् । उनले खोजेको संगीत पनि यहाँ आएको हुन्छ । तर, सबै कुरा बुझेपछि ऊ नभेटिकन जान्छ । त्यसपछि के हुन्छ, सस्पेन्स ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।