२८ आश्विन २०८३, बुधबार

सुडानको सरकार र विद्रोही पक्षलाई शान्ति सम्झौताको पालना गर्न मुनको आग्रह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ban-ki-mun-tसंयक्त राष्ट्रसंघ, १० भदौ । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले दक्षिण सुडानका द्वन्द्वग्रस्त पक्षलाई शान्ति सम्झौताको पालना गर्न आग्रह गरेका छन् ।

सो सम्झौतापछि त्यहाँ शान्तिपूर्ण मात्रामा नयाँ एवम् राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि पहल गर्न पनि आग्रह गर्नुभएको समाचारमा जनाइएको छ ।

महासचिव बानले गएको जनवरी २३ मा भएको आम सहमति र सम्झौताका लागि आग्रह गर्दै उक्त सम्झौताको पालनाका लागि सबै पक्षको पहल आवश्यक भएको बताए ।

सहमति सुडान सरकार र त्यहाँका विद्रोहीका बीचमा सम्पन्न भएको थियो । उक्त सम्झौतापछि राष्ट्रिय सहमतिको सरकार निर्माणका साथै विभिन्न क्षेत्रमा सहमति कायम गरिने व्यवस्था छ ।

तर सो सम्झौताको कार्यान्वयन हुन नसक्दा त्यहाँ विगतका कयौं महिनादेखि द्वन्द्व जारी रहेको छ । सो द्वन्द्वका कारण सयौं जनाको ज्यान गएको छ । – सिन्ह्वा