काठमाडौँ, ९ भदौ । नायक श्रीकृष्ण श्रेष्ठको निधनले वियोगमा डुबेकी अभिनेत्री स्वेता खड्काले सामाजिक सञ्जाल फेसबुकमा विलौना पोखेकी छिन् ।
बिहे गरेको एक महिना नबित्दै श्रीमान् श्रीकृष्णलाई गुमाउनु परेको पीडालाई स्वेताले पहिलोपटक सामाजिक सञ्जालमार्फत व्यक्त गरेकी हुन् । आफूलाई दिएको पीडाप्रति भगवानलाई पनि पछुतो लागेको होला भन्दै स्वेताले कसैलाई पनि यस्तो पीडा नदिन आग्रह गर्दै मर्मस्पर्शी वेदना पोखेकी छिन् ।
‘भगवान् पनि पछुतायो होला अब त, गल्ती गरेछु भनेर… को सँग दुःख सेयर गरौँ भगवान्, जब तिमीले नै यति दुःख दिएपछि। कमसेकम हे भगवान् ! भन्ने ठाउँ त राखिदिनुपर्छ ??? अब त्यो ठाउँ पनि बाँकी रहेन ??? अझै पनि अलिकति विश्वास छ, प्लिज कसैको जीवनमा भुलेर पनि यस्तो दुस्ख नदेऊ भगवान्।’ – स्वेताले भगवानसँग प्रश्न र गुनासो गरेकी छिन् ।

स्वेताकै काखमा साउन २५ गते श्रीकृष्णले प्राण त्यागेका थिए । श्रेष्ठको निधनपछि अर्धचेतझैं रहेकी फेसबुक स्टाट्ससँगै श्रीकृष्णसँगै खिचेका दुइवटा तस्बीर पनि पोस्ट गरेकी छिन्। उनको फेसबुक स्टाटस र फोटोमा प्रतिक्रिया जनाउँदै सयौं शुभचिन्तकहरुले स्वेतालाई सान्त्वना दिएका छन् ।
गत असार २३ मा श्वेतासँग बिहे गरेर हनिमुनका लागि भारत गएका श्रीकृष्ण अस्वस्थ भएपछि नयाँ दिल्लीको गंगाराम अस्पताल भर्ना भएका थिए। करिब एक महिना भारतमै उपचार गराएका श्रीकृष्णको बोन क्यान्सरका कारण आइतबार ४६ वर्षको उमेरमा निधन भएको थियो।














प्रतिक्रिया