बैंकक, ९ भदौ । थाइ सैनिक सरकारले हालै नियुक्त गरेका प्रधानमन्त्रीलाई थाइ राजाले अुनमोदन गरेका छन् ।
केही महिनाअघि निर्मित सैनिक सरकारले प्रधानमन्त्रीका रुपमा थाइ सैनिक प्रमुख जर्नेल प्रायुत चान ओचालाई प्रधानमन्त्रीका रुपमा हालैमात्र घोषणा गरेको थियो ।
थाइ सेनाका प्रमुख ६० वर्षीय ओचालाई सैनिक सरकारद्वारा निर्माण गरिएको संसदले नै गतहप्ता मात्र प्रधानमन्त्रीका रुपमा घोषणा गरेको थियो ।
ओचाले नै गत मे २२ मा थाइल्याण्डमा सैनिक ‘कू’ मार्फत सत्ता हत्याएका थिए । हाल थाइल्याण्डमा सैनिक सरकार रहेको छ ।
आफैद्वारा गरिएको प्रधानमन्त्रीको नियुक्तिप्रति थाई राजाले दिनसक्ने प्रतिक्रियाको पर्खाइमा रहेको थाइल्याण्डको राजनीतिमा यो अनुमोदनले नयाँ परिस्थितिको सिर्जना गरिदिएको बताइएको छ ।
प्रधानमन्त्री ओचा सेतो पोशाकमा थाई राजाको दरबारमा राजा भूमिबोल अद्युल्यादेजको अगाडि उभिएको र राजाबाट प्रधानमन्त्रीले लिने आदेश ग्रहण गर्दै भने, ‘सोमबारको सो समारोहका बारेमा विभिन्न पत्रपत्रिकाहरुले लेखेका छन् ।’
उक्त समारोहपछि ओचाले भने, ‘राजाले मलाई थाइल्याण्डको प्रधानमन्त्री नियुक्त गर्नुभयो म निकै हर्षित छु, वास्तवमा यो घटना मेरो र मेरो परिवारका लागि निकै महत्वपूर्ण भएर रहने छ ।’
सो समारोहपछि त्यहाँ उपस्थित रहेका सञ्चारमाध्यमसँग उनले भने, ‘मैले मेरो कार्यसम्पादन इमान्दारिताका साथ गर्नेछु, म सँधै देश र जनताको पक्षमा काम गर्नेछु ।’
गएको मे २२ मा थाइल्याण्डमा सत्तापलट भएको हो । त्यसअघिको सरकारका प्रधानमन्त्री यङ्लिक सिनावात्रालाई नियन्त्रणमा लिइ सेनाले सत्ता हत्याएको हो ।
हाल त्यहाँका राजनीतिक दलका नेता एवम् पूर्व प्रधानमन्त्रीहरु कतिपय जेलमा छन् भने केही घरैमा नजरबन्दमा रहेका छन् । – एएफपी













प्रतिक्रिया