ब्राजिल, ९ भदौ । ब्राजिलको दक्षिणी पैरेना राज्यको कास्काभेल शहरको एक कारागारमा भएको दंगामा चार जना कैदीको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा दुई जनाको शिरछेदन गरिएको थियो भने दुई जनालाई छतबाट खसालिएको अधिकारीहरुले जनाएका छन् ।
घटनामा केही कैदी घाईते भएका छन् । ११ सय ४० कैदी रहेका कारागारमा आइतवार बिहान करिब ७ सय कैदी अचानक हिंसा र तोडफोडमा उत्रिएका थिए ।
कैदीहरु कारागार सञ्चालन, खाना लगायतका विषयमा माग राख्दै आएका थिए ।
कैदीहरुले दुई जना सुरक्षा गार्डलाई नियन्त्रणमा लिएका छन् भने कारागारको धेरै क्षेत्र आफ्नो नियन्त्रणमा लिएका छन् ।
ब्राजिलका विभिन्न कारागारमा करिब ५ लाख कैदीहरु रहेको बताइन्छ । एजेन्सी













प्रतिक्रिया