२८ आश्विन २०८३, बुधबार

एन्फासँग बाझ्दा चार क्लब प्रतिबन्धित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

anfaकाठमाडौं, ९ भदौ । अखिल नेपाल फुटबल संघ एन्फाले आफूसँग गत वर्षको पुरस्कार र तयारीको बाँकी रकम माग गर्ने चार क्लबमाथि प्रतिबन्ध लगाएको छ।

मछिन्द्र, हिमालयन शेर्पा, सरस्वती र फ्रेन्ड्स क्लबलाई २०७१ सालभरि एन्फाको आयोजना र स्वीकृति पाएका कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएको हो।

एकैपटक चार क्लबमाथि कारबाही भएको यो नेपाली फुटबलकै पहिलो घटना हो।

एन्फाको काम–कारबाहीसँग असहमत चार क्लबले वैशाखको सुरुआतमा क्लब समन्वय समिति गठन गर्दै गत वर्षको तयारी र पुरस्कार राशि नदिएसम्म एन्फाका कुनै कार्यक्रममा भाग नलिने निर्णय गरेको समाचार आजको नागरिकले छापेको छ ।

आर्थिक विषयबाट सुरु भएको विवादले कारबाहीको रूप लिएको हो। झन्डै ८ महिनाको प्रतिबन्धमा परे पनि चार क्लबको ‘ए’ डिभिजन हैसियत यथावत रहनेछ। नेपालमा १२ ए डिभिजन क्लब छन्।

क्लब समन्वय समितिका संयोजक शिक्षित पराजुली एन्फाको प्रतिबन्धको कुनै अर्थ नभएको बताउँछन्। एन्फाले समस्या समाधानभन्दा कारबाही गरेर विवाद चर्काउन खोजेको उनले आरोप लगाए।

‘हामीले आफूले पाउनुपर्ने पैसा मागेका हौं। समयमा पैसा दिएको भए बैठक बहिष्कार गर्नुपर्ने थिएन,’ उनले भने, ‘आफ्नो दायित्व बिर्सेर एन्फा क्लबहरूलाई दास बनाउन खोज्छ। अधिकारले पाउने पैसाका लागि अहिले सर्त राखिएको छ, त्यो हामीलाई स्वीकार्य छैन।’

सरस्वती क्लबका अध्यक्षसमेत रहेका पराजुलीले एन्फाविरुद्ध आवाज उठाउने चार क्लबमाथिको प्रतिबन्ध ‘नियोजित षड्यन्त्रु भएको बताए।

‘एन्फा अध्यक्षले चाहेको निर्णय हुने भएपछि यसलाई हामीले स्वाभाविक रूपमा लिएका छौं,’ उनले प्रश्न गरे, ‘यसले के नेपाली फुटबलको समस्या समाधान भयो तरु यो कारबाहीबाट एन्फाले के जित्योरु के हाम्रो बाँकी पैसा नदिएर एन्फा उम्कन मिल्छरु फुटबलमा विवाद सिर्जना एन्फा आफैंले गरिरहेको छ।’

समन्वय समितका सदस्य हिमालयन शेर्पाका कर्माछिरिङ शेर्पाका अनुसार मछिन्द्रको पुरस्कारको २५ लाखसहित चार क्लबले एन्फाबाट झन्डै ४० लाख रुपैयाँ पाउनुपर्नेछ।