काठमाडौँ । एक १५ वर्षीया बालिकालाई सामुहिक रुपमा बलात्कार प्रयास गर्ने दोलखा भेड्पु गाविस-६ का २६ वर्षीय नविनजङ्ग थापा र नुवाकोट मदानपुर गाविसका २८ वर्षीय सुमन लामाविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ ।
आरोपितहरू विरुद्ध महानगरीय प्रहरी बृत्त कालिमाटीले वैशाख २३ गते जिल्ला अदालतमा जबर्जस्ती करणी उद्योग सम्बन्धी मुद्दा दायर गरेको हो । मुद्दा दायरसँगै घटनाको अनुसन्धानका लागि अदालतले सात दिनको म्याद थप गरेको कालिमाटी मुद्दा शाखाका सई हरिसिंह धामीले बताए ।
पीडित बालिकालाई वैशाख २२ गते राती १२ बजे काठमाडौँ मनपा-१३ बाफलस्थित रहेको सत्यसाई पेट्रोल पम्प अगाडि बा. २ ख.९०६ नम्बरको भाडाको गाडी भित्रै आरोपितहरूले बलात्कार प्रयास गरेका थिए । नजिकैका अर्का ट्याक्सी चालकले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले आरोपितहरूलाई सोही दिन गिरफ्तार गरेको थियो ।
चितवन जिल्ला घर भएकी पीडित बालिका तीन महिनादेखि काठमाडौस्थित काका काकीको कोठामा बस्तै थिइन् । काकाले कुटपिट गरेपछि आफूले कोठा छोडि घर हिंडेको पीडितले प्रहरीलाई बयान दिएकी छन् ।
चितवन घर फर्कन भनेर कलंकीस्थित रहेको मकालु पेट्रोल पम्प अगाडि गाडी कुरेर बसिरहेको अवस्थामा आरोपितहरूले भोलि चितवन पठाईदिने र आज गाडी नजाने भन्दै बाफलस्थित पेट्रोल पम्प पुर्याएका थिए ।
आरोपितहरू मध्ये नविन गाडी ड्राइभर र अर्का खलासी हुन् । पीडितको वैशाख २३ गते वीर अस्पतालमा स्वास्थ्य परीक्षण भयो । पीडितको कुनै आफन्त नआएका कारण हाल उनलाई सीविन नेपालको संरक्षणमा पठाइएको सई धामीले जानकारी दिए ।














प्रतिक्रिया