२८ आश्विन २०८३, बुधबार

कैलालीमा एक करोड रुपैंया पुरस्कारको राष्ट्रिय फुटबल प्रतियोगिता हुँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

football

कैलाली, ७ भदौ । कैलालीमा आगामी कात्तिकको तेस्रो सातादेखि राष्ट्रिय लिग फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

कैलाली जिल्ला फुटबल सङ्घको आयोजनामा कात्तिक २१ गतेदेखि प्रतियोगिता सञ्चालन हुने सङ्घले शनिबार बिहान पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद मैदान धनगढीमा खेलिने सो प्रतियोगितामा विभिन्न नौ जिल्लाका ए डिभिजन लिग समूह सहभागी हुने सङ्घका अध्यक्ष प्रकाश विष्टले जानकारी दिनुभयो ।

करिब तीन महिनासम्म सञ्चालन हुने सो खेलको पहिलो चरणमा नौ जिल्लाका छ समूह छनोट हुने र दोस्रो तथा अन्तिम चरणमा अन्य छवटा गरी १२ टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

होम एन्ड अवेको मान्यताअनुसार नेपालमा पहिलोपटक आयोजना हुने यस खेलमा सबै समूहले घरेलु मैदान र अन्य आठवटै जिल्लामा आयोजना हुने खेलमा सहभागी हुनुपर्ने व्यवस्था छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्य आयोजक रहेको यस खेलमा कैलाली जिल्लाका लागिमात्रै करिब रु ५८ लाख १४ हजार ९१४ लागत लाग्ने र करिब एक लाख दर्शकले खेल हेर्ने अनुमान रहेको सङ्घले जनाएको छ ।

प्रतियोगितामा विजयी हुने टोलीलाई करिब एक करोडको पुरस्कार वितरण गरिने जनाइएको छ । रासस