२८ आश्विन २०८३, बुधबार

स्पेनिस सुपर कपको उपाधि मड्रिडको पोल्टामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mandzukic

काठमाडौ, ७ भदौ । एल्थेटिको मड्रिडले स्पेनिस सुपर कपको उपाधि जितेको छ । उसले चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई पराजित गर्दै उपाधी उचालेको हो ।

पहिलो लेगमा १–१ को बराबरी खेलेको एल्थेटिको मड्रिडले शुक्रबार राति भएको खेलमा १–० को जित हात पा¥यो ।

घरेलु मैदानमा भएको खेलमा एल्थेटिको मड्रिडले दोस्रो मिनेटमा नै मारियो मान्जुकिजको गोलबाट अग्रता लिएको थियो । एल्थेटिको मड्रिडका राहुल गार्सियाले राम्रो मौका खेल फाले ।

जेम्स रोड्रिग्वेजले गोल गर्ने दुई सुन्दर मौका खेल फालेका थिए । ४६ औं मिनेटमा टोनी क्रुजको स्थानमा क्रिष्टियानो रोनाल्डो मैदान प्रवेश गरे ।

५५ औं मिनेटमा रोड्रिग्वेजलाई इस्कोले रिप्लेस गरे ।
करिम बेन्जिमा र ग्यारेथ बेलले ९० मिनेट नै खेले तर, रियल मड्रिड गोल गर्न असफल भयो ।