२८ आश्विन २०८३, बुधबार

सित्तैमा चलचित्र खेलेका जीवन अहिले मालामाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jeevan-Luitel

काठमाडौं । चलचित्रहरुमा नवकलाकारको आगमन भइरहेको अबस्थामा केही पुराना कलाकारहरु विस्थापित हुने अबस्था पनि आइरहेको छ ।

नव कलाकारले यतिबेला सिनेमा क्षेत्र ढकमक्क ढाकेको छ । कोही आफैले लगानी गरेर चलचित्र खेल्ने कलाकार पनि छन् त कोही माग अनुसार चलचित्रहरुमा भित्रने कलाकार पनि छन् । उनीहरुको माग भोलीका दिनमा होला नहोला । तर, यतिबेला भने आफ्नो राम्रो माग भइरहेको छ भनेर चलचित्रमा पैसा खनाएर नायक बन्ने धेरै कलाकार पनि छन् । चलचित्रमा अनुहार देखाउन पाए पनि लाखौं पैसा खनाउने धनाढयहरु पनि छन् चलचित्रक्षेत्रमा । कोही पैसाविना नै चलचित्रमा सुपरस्टार भएका छन् भने कोही पैसा खनाएर पनि चलचित्रमा सफलता हात पार्न सफल भएका छैनन् ।

यस्तै एक कलाकार हुन जीबन लुइँटेल । जो पैसाले होइन, अभिनयले चलचित्र क्षेत्रमा जमेका छन् । चक्लेटी मुहारे उपाधि पाएका जीवन अहिले चलचित्र क्षेत्रका एक हस्तीका रुपमा पनि चिनिँदै आएका छन् ।

पहिलो चलचित्र नसिब आफ्नोबाट एक रुपैया पनि नलिई चलचित्र क्षेत्रमा प्रबेश गरेका जीवनको अहिले जताततै माग छ । एउटा चलचित्र खेले बापत जीवनले साँढे ४ लाखसम्म लिने गरेका छन् । मालतीको भट्टी, नोटबुक जस्ता चलचित्रले जीवनको भाउ केही बढेको पनि बताइएको छ । पछिल्लो समय चलचित्र नाइ नभन्नु ल-२ को राम्रो व्यापारिक सफलतापछि जीवनको भाऊ अझ बढेको छ । पछिल्लो समय चलचित्र ठूलीको सुटिङ्गमा व्यस्त जीवनलाई धेरै चलचित्रबाट अफर आइरहेको छ ।