२८ आश्विन २०८३, बुधबार

भट्टराईलाई पाखा लगाउन्न: दाहाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda

विराटनगर । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विराटनगरमा सम्पन्न राष्ट्रिय सम्मेलनले पार्टीलाई पुनःनिर्माण एवम् सुदृढीकरण गर्न सहयोग पुगेको बताउनुभएको छ ।

विराटनगरमा आज बिहान सञ्चारकर्मीसँगको भेटघाटमा अध्यक्ष दाहालले सम्मेलनबाट पार्टीको दस्तावेज र विधान संशोधन एकमतले पारित हुनुले पार्टी बलियो भएको बताउनुभयो ।

पार्टी संगठनमा डा बाबुराम भट्टराईबिना केन्द्रीय कार्य समिति अपूरो हुने भएकाले उहाँलाई चाँडै केन्द्रीय कार्य समितिमा सहभागी बनाउने अध्यक्ष दाहालले बताउनुभयो ।

अध्यक्ष दाहालले डा भट्टराईको सहमतिअनुसार केन्द्रीय सदस्य २६९ बाट १५१ बनाई हाल ९९ जना सदस्यको नाम प्रस्ताव गरेको जानकारीसमेत दिनुभयो ।

वरिष्ठ नेता डा भट्टराईलाई पाखा लगाउन नभई सशक्त जिम्मेवारी दिन आफू लागि परेकाले उहाँको रिक्तता केन्द्रीय कार्य समितिमा चाँडै पूर्ति हुने उहाँले बताउनुभयो ।

अध्यक्ष दाहालले पार्टीलाई सशक्त र नयाँ गति प्रदान गर्न आफू क्रियाशील भएर लागेकाले राजधानी फर्कने वित्तिकै डा भट्टराईसँग छलफल गरी उहाँलगायत अन्य नेताहरुलाई पनि केन्द्रीय कार्य समितिमा सहभागी बनाउने उल्लेख गर्नुभयो ।

अर्को एक प्रश्नको जवाफमा अध्यक्ष दाहालले नेकपा–माओवादीलगायत अन्य कम्युनिस्ट पार्टीलाई एकताबद्ध बनाउन आफूले पहल सुरु गरेको दाबी गर्नुभयो ।

एक वर्षभित्र मुलुकमा स्थायी शान्ति कायम गर्दै पहिचानसहितको संविधान निर्माण गर्न सबै वामपन्थी शक्ति र परिवर्तनकारी शक्तिबीच मोर्चा आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

अध्यक्ष दाहालले आधारशीलाको मुखपत्र ‘प्रस्थान’ नामक त्रैमासिक पुस्तकको विमोचनसमेत गर्नुभयो ।