बैंकक, ५ भदौ । थाइल्यान्डको सैनिक सरकार ‘जुन्ता’ ले सैनिक शासन जनरल प्रायुथ चान ओचालाई प्रधानमन्त्री पदमा मनोनयन गरेको छ ।
मुलुकको राष्ट्रिय व्यवस्थापिका सभा (एनएलए) वा सैनिक ‘कु’ पछिको अन्तरिम व्यवस्थापिकाले बिहीबार चान ओचालाई अन्तरिम प्रधानमन्त्री पदमा नियुक्त गर्दै थाइल्यान्डको २९औँ प्रधानमन्त्री घोषणा गरेको छ ।
सैनिक सरकारद्वारा मनोनयन गरिएका सबै १९४ जना व्यवस्थापिका सभासद्हरुमध्ये १९१ जनाले उहाँको समर्थनमा प्रधानमन्त्री पदका लागि उहाँ एकमात्र उम्मेदवारको रुपमा खडा हुनुभएको थियो ।
साठी वर्षीया प्रायुथले अर्को महिनादेखि थाई सैनिक सेवाबाट अवकाश प्राप्त गर्दै हुनुहुन्छ ।
राष्ट्रिय राजनीतिमा उहाँलाई निरन्तरता दिने मनसायले उहाँलाई नै प्रधानमन्त्री पदको एकल उम्मेदवार बनाइएको बताइन्छ ।
निर्वाचित सरकारलाई गत मे २२ का दिन सैनिक ‘कु’द्वारा अपदस्थ गरेपछि प्रायुथले नै ‘डि फ्याक्टो’ प्रधानमन्त्रीको रुपमा सत्ता चलाउँदै आउनुभएको थियो ।
थाई प्रधानमन्त्रीको यस मनोनयनलाई नरेश भूमिवल अदुल्यादेजबाट एक हप्ताभित्र औपचारिक समर्थन प्राप्त हुनुपर्ने छ । त्यस पश्चात् मात्र ओचाले मन्त्रिमण्डल गठन गर्न पाउनु हुनेछ । रासस÷एपी














प्रतिक्रिया