काठमाडौं, ५ भदौं, । मलेसीयामा सम्पन्न एसीसी यू–१६ प्रिमियर लिगको उपाधि विजेता बनेको नेपाली क्रिकेटरको टोलीलाई भव्य स्वागत भएको छ ।
बिहीबार काठमाडौं आइपुगेको क्रिकेटरहरुको टोलीलाई राखेपका सदस्यसचिव युवराज लामा सहितका अधिकारीहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका हुन् ।
नेपाली टोलीले घरेलु मैदानमा मलेसियालाई ३२ रनले पराजित गर्दै पहिलो पटक एसीसी अन्डर–१६ प्रिमियर लिगको उपाधि जित्न सफल भएको थियो ।














प्रतिक्रिया