२६ कार्तिक २०८३, बिहिबार

मधेसी मोर्चाको बैठक बस्दै, तिलाठी घटनामा गम्भीर छलफल हुने

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tilathiकाठमाडौं, १४ साउन । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बस्दैछ ।

अपरान्ह चार बजे काठमाडौंको बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा बस्ने बैठकमा आगामी नयाँ सरकार गठनका विषयमा छलफल हुने राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झाले जानकारी दिनुभयो । ‘नयाँ सरकार बन्ने तयारी भएको छ’, झाले भन्नुभयो, ‘नयाँ सरकारका विषयमा के गर्ने भनेर धारणा बनाउन बैठक बस्न लागेको हो ।’

बैठकमा सप्तरी जिल्लाको तिलाठीस्थित नेपाल–भारत सीमामा भएको तनावका विषयमा पनि छलफल हुनेछ । तिलाठीमा भारतीय पक्षले एकतर्फी रुपमा बाँध लगाएपछि स्थानीय नेपालीहरूले भत्काएपछि तनाव उत्पन्न भएको थियो ।

तिलाठीमा भारतीय पक्षले एकपक्षीय ढङ्गले नेपाली भूभाग डुबानमा पर्ने गरेर बाँध निर्माण गर्दा समेत सप्तरीको स्थानीय प्रशासन र सुरक्षा निकायले समस्या समाधानका लागि ध्यान नदिएको रामसपाका प्रवक्ता झाले बताउनुभयो ।

‘मधेसी मोर्चाले आन्दोलन गर्दा मधेसीलाई भारतीय देख्ने राष्ट्रवाद अहिले कता गयो ?’, प्रवक्ता झाले प्रश्न गर्दै भन्नुभयो, ‘आफ्नो मुलुक जोगाउन सप्तरीको तिलाठीका जनता ज्यान दिन तयार भएर बसेका छन् ।’