२६ कार्तिक २०८३, बिहिबार

पशुपति शम्शेर राणाले कमल थापालाई यसरी दिए कडा जवाफ

6.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pashupati Shamsher Rana JBRकाठमाडौं, १४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षका पशुपति शम्शेर राणाले आफ्ना बिचार तथा अभिव्यक्तिका विषयमा आएका तथ्यहिन र अपमानजनक प्रतिक्रियाप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।

अध्यक्ष राणाले राप्रपा र राप्रपा नेपालवीच पार्टी एकीकरण हुन गइरहेका बेला केही तत्वले सामाजिक सञ्जालमार्फत तथ्यहिन, अपमानजनक र नकारात्मक टिप्पणी गरेको भन्दै आपत्ति जनाएका हुन् । ‘पशुपति शम्शेर राणाले दिनु भएको अभिव्यक्तिका सम्बन्धमा सामाजिक सञ्जालमा आएको तथ्यहिन र अपमानजनक प्रतिक्रिया र टिप्पणीप्रति राप्रपाको गम्भिर ध्यानाकर्षण भएको छ’, राप्रपाका सहप्रवक्ता किरणले गिरीले शुक्रबार जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

‘पार्टी एकताको अवधारणालाई सैदान्तिक रुपमा सहमति जनाई एकता प्रकिया अगाडि बढ्न लागिरहेको अवस्थामा यस्ता प्रतिक्रिया र टिप्पणी आउनुलाई राप्रपाले पार्टी एकताको बाधकको रुपमा लिनुपर्ने अवस्था आउन सक्ने अनुमान गरेको छ’, सहप्रवक्ता गिरीले भनेका छन्, ‘जिम्मेवार नेताका सचिवालय पदाधिकारीहरूबाट राप्रपा अध्यक्ष राणालाई लक्षित गर्दै यस्ता प्रतिकृया आउनुलाई राप्रपाले अत्यन्त गम्भिर रुपमा लिएको छ ।’

‘राप्रपाले नेपालको संविधान, संघीय लोकतान्त्रिक हिन्दू गणतन्त्र, आबधिक निर्वाचन, समाबेसी सहभागितामुलक शासन प्रणाली एबम् मधेश मुद्दाको दिगो समाधान सहितको सम्बोधनमा प्रतिबद्ध रहँदै राप्रपा नेपालसँग एकताको प्रकियामा अगाडि बढेको तथ्य स्पस्ट गर्न चाहन्छ’, अगाडि भनिएको छ, ‘पार्टी एकतामा सामान्य प्राबिधिक कुराहरूमा सम्झौता हुनु स्वाभाबिक हो तर राप्रपाले आफ्नो मुलभुत लक्ष्य पहिचान र आदर्शलाई कहिले छोड्न सक्ने छैन र छोड्दैन ।’

हिन्दू राष्ट्र र पार्टी एकताका विषयमा बिहीबार राप्रपाका अध्यक्ष राणाले जबरजस्त अभिव्यक्ति दिएपछि राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले पार्टी एकताप्रति चिन्ता जनाउँदै प्रेस नोट जारी गरेपछि राप्रपाका तर्फबाट त्यसको जवाफ दिइएको हो । राप्रपाले शुक्रबार राप्रपा नेपाललाई दिएको जवाफले यी दुई पार्टीवीचको एकता प्रक्रियालाई ठूलो धक्का पुग्न सक्ने दुबै पार्टीका कार्यकर्ताहरूको चिन्ता छ ।