२६ कार्तिक २०८३, बिहिबार

धनकुटा बस दुर्घटनाः पूर्वअर्थ राज्यमन्त्रीसहित १३ को मृत्यु, २७ घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bus-accident

धनकुटा १३ साउन । सिधुवा बजार नजिक आज अपराह्न भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।

घटनास्थलमा सात र धरानमा उपचारका क्रममा थप छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सत्ताइस जना घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी धनकुटा हात्तीखर्क–५ घर भएका नेकपा(माओवादी केन्द्र), धनकुटा अध्यक्षसमेत रहेका पूर्व अर्थराज्यमन्त्री खेवाको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा धनकुटा परेवादिनका अतिमाया तामाङ, खिनमाया भट्टराई, तारा बस्नेत र उनकी तीन वर्षीया छोरी रेखा तथा धरानका वेदप्रकाश अग्रवालको घटनास्थलमै मृत्यु भएको हो ।

hari-khewa-dhankuta

उपचारका क्रममा धनकुटा बुढीमोरङका सनम तामाङ, मारेक कटहरेका वीरबहादुर काफ्ले, लेगुवाका टेजबहादुर थापा र तेह्रथुम फुलेकका होमा पौडेलको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

मृतक तीन पुरुषको सनाखत हुन बाँकी छ । रासस