२६ कार्तिक २०८३, बिहिबार

भारतलाई नेपाल सरकारको जवाफ- कोशी ब्यारेजको सुरक्षा गर्न हामी सक्षम छौं

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sapta-koshi1

काठमाडौं, १३ साउन । नेपाल सरकारले कोशी ब्यारेजको सुरक्षा गर्न नेपाल आफै समक्ष रहेको बताएको छ ।

विहीबार गृह मन्त्रालयले एक विज्ञप्ति जारी गरी कोशी ब्यारेजमा आतंकवादी समूहबाट आक्रमण हुने धम्की आएको भन्ने भारतलाई जवाफ फर्काउँदै कोशीको सुरक्षा गर्न सरकार सक्षम रहेको बताएको हो ।

केही दिनअघि भारतीय अधिकारीले कोशी ब्यारेजमा आतंकवादीले आक्रमण गर्ने धम्की दिएको भन्दै सुरक्षाका लागि पत्राचार गरेको थियो । जसलाई नेपाल सरकारले अफवाह भनेको छ ।

विज्ञप्तिमा भनिएको छ– ‘त्यस्ता हल्ला र अफवाहबाट त्रसित नहुन सम्बन्धित सबैमा गृहमन्त्रालय आग्रह गर्दछ । नेपाल सरकार कोशी ब्यारेज लगायत देशका सबै महत्वपूर्ण संरचना र संस्थाहरुको पर्याप्त सुरक्षा व्यवस्था गरिएको छ । यस्तो सुरक्षा व्यवस्था गर्न नेपाल सरकार सक्षम छ ।’

Home-ministry-about-Koshi